Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, मोरङ्ग

ईलाका प्रशासन कार्यालय, रङ्गेली, मोरङ्ग

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, मोरङ्ग

ईलाका प्रशासन कार्यालय, रङ्गेली, मोरङ्ग

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

हाम्राे बारेमा

नेपालकाे संविधान २०१९ अनुसार नेपाल लाई १४ अञ्चल ७५ जिल्ला ५ विकाश क्षेत्रमा विभाजन गरियाे । स्थानिय प्रशासनलाई विकेन्द्रित प्रशासन अनुरुप संचालन गर्न तथा शान्ति व्यवस्थालाई प्रभावकारी रुपमा संचालन गर्न स्थानीय प्रशासन ऐन २०२८ लागु गरियाे । स्थानीय प्रशासन ऐन काे दफा ५ ले जिल्लाकाे सामान्य प्रशासन संचालन गर्न प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गरे अनुसार माेरङ्ग जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयकाे स्थापना भएकाे हाे ।सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज तरिकाले तथा जनताकाे नजिकमा रहेर वितरण  गर्न नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन कार्यालय माेरङ्ग काे प्रत्यक्ष  निर्देशन र  नियन्त्रणमा मिति २०४७ साल देखि ईलाका प्रशासन कार्याल रंगेली माेरङ्ग काे स्थापना भएकाे पाइन्छ । प्रमुख जिल्ला अधिकारीकाे प्रत्यायाेजित अधिकार प्रयाेग गरी कार्य सम्पादन गर्ने  निकायकाे रुपमा इलाका प्रशासन कार्यालय रंगेली रहेकाे छ । इलाका प्रशासन कार्यालय हाल रंगेली नगरपालिका वडा नं ७ मा अवस्थित रहेकाे छ ।

१) ब‌ंशजको आधारमा नागरिकता जारी गर्ने ।

२) बैवाहिक अंगिकृत नागरिकता जारी गर्ने ।

३) नागरिकताको प्रतिलिपि जारी गर्ने ।

४) नाबालक परिचयपत्र जारी गर्ने ।

५) जातजाती प्रमाणित गर्ने ।

६) शान्ती सुव्यवस्था कायम गर्ने समन्वय तथा सहजीकरण गर्ने ।

७) अनुगमन सम्बन्धी कार्य गर्ने ।

८) प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रशासन कार्यालयबाट निर्देशन बमोजिमका अन्य कार्यहरु ।


पछिल्लो अपडेट गरिएको : 2082-10-08 15:33:47

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, रङ्गेली, मोरङ्ग .